default_image

8 years ago

December 28, 2017

लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप सुरु

162 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – लमजुङको सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लबको आयोजनामा २६ औं खुल्ला राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिता बिहिबारबाट सुरु भएको छ ।

जिल्लाकै ठुलो राशिको त्रिवेणी कपमा बिहीबार ४ खेल सम्पन्न भएका छन् । बेसीशहरको सहजी खेलमैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुन्दरबजारले बेसीशहरको शेरालाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ । यस्तै दोस्रो खेलमा अन्नपुर्ण युवा क्लब नाल्माले नवकालिका उदिपुरलाई ३–० ले पराजित गरेको छ ।

बिहिबार नै भएको तेस्रो खेलमा लमजुङ मर्स्याङ्दी युवा क्लब बेसीशहरले एमसिटी युथ क्लब बेशीसहरलाई सडन डेथमा ७–६ ले पराजित गर्दै अर्काे चरणमा प्रवेश गरेको छ । चौथौ तथा बिहिबारको अन्तिम खेलमा श्रीजंग गण उदिपुरलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पारादेवी युवा क्लब दुवारले पनि विजयी सुरुवात गरेको छ । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउमा पुगेको थियो ।

प्रतियोगितामा राष्ट्रिय स्तरका २३ टिमबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष छविन्द्रजङ गुरुङले बताए । विगतमा पहिलो पुरस्कार १ लाख ५० हजार रुपैयाँ भएकोमा गत वर्षको रजत जयन्तीसँगै उक्त राशीमा दोब्बर वृद्धि गरिएको छ ।

प्रतियोगितामा विजयी टोलीलाई नगद ३ लाख रुपैयाँ सहित त्रिवेणीकप, स्वर्णपदक र प्रमाणपत्र दिइनेछ भने उपविजेतालाई १ लाख ५० हजार सहित रजत पदक र प्रमाणपत्र प्रदान गरिने छ । सेमिफाइनलमा पराजित दुई समुहलाई पनि ५०-५० हजार नगद पुरस्कार दिइनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही १५ हजार र अनुशासित टिमलाई १० हजार सहित स्वर्णपदक र प्रमाणपत्र उपलब्ध गराइने क्लबका पुर्व अध्यक्ष कृष्णजङ गुरुङले बताए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.