default_image

8 years ago

December 29, 2017

मेस्सी सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटी

108 views

0 Bookmark

न्यू यर्क (फर्ब्स) – फर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटीहरुको शिर्ष १० को सूचीमा लियोनल मेस्सीले अग्रस्थान हासिल गरेका छन् । उक्त सूचीमा ६ खेलाडी पर्न सफल भएका छन् , जस्मद्धे २ फुटबलर , १ बास्केटबल खेलाडी र ३ एमएलएसका खेलाडी छन् ।

messi

ल्याटिनो भन्नाले ल्याटिन अमेरिकीलाई भन्ने गरिन्छ । मुख्यतः स्पेनिस बोल्ने जनसंख्या यस वर्गमा पर्दछन् तर यूरोपेली स्पेनिस भाषा अंगालेका भने यस वर्गमा अटाउँदैनन् ।

फर्ब्सले प्रकाशित गरेको सर्वाधिक कमाउने ल्याटिनो सेलिब्रेटीको सूचीमा लियोनल मेस्सी शिर्ष स्थानमा छन् । फर्ब्सका अनुसार २०१७ मा उनले ८० मिलियन अमेरिकी डलर कमाएका हुन् । त्यस्तै ब्राजिलियन फरवार्ड नेयमार सूचीको पाँचौ स्थानमा अटाएका हुन् । उनको कमाइ फर्ब्सले ३७ मिलियन तोकेको छ ।

त्यस्तै अमेरिकी बास्केटबल खेलाडी कार्मेलो एन्थोनी ३२.५ मिलियन सहित सातौ स्थानमा छन् । बेसबल खेलाडी मिगुएल क्याब्रेरा (३०.३ मिलियन) , अल्बर्ट पुजोल्स(२७.३) र रबिन्सन कानो(२६.६) क्रमशः आठ , नौं र दश स्थानमा छन् ।

सूचीमा अटाएका अन्य सेलिब्रेटीमा पाँचौ स्थानमा जेनिफर लोपेज , चौथौंमा ब्रुनो मार्स , तेस्रोमा अभिनेत्री सोफिया भर्गारा र दोस्रोमा हास्य कलाकार लुइस सिके हुन् ।अर्की परिचित पप गायिका सेलिना गोमेज भने २५ मिलियन कमाएपनि शिर्ष १० मा अटेकी छैनन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.