8 years ago
December 29, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गए राति आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले हराएको छ । आर्सनलको जितमा फरवार्ड एलेक्सिस सान्चेजले दुई गोल गरेका थिए ।
खेलको २५ औं मिनेटमा आर्सनल स्कोड्रान मुस्ताफिको गोलमार्फत अग्रता लिन सफल भएको थियो । तर एन्ड्रोस टाउन्सेन्डले प्यालेसका लागि ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ६२ औं तथा ६६ औं मिनेटमा गोल गर्दै सान्चेजले आर्सनलको जित सुनिश्चित गरेका थिए । तर खेलको अन्तिम समयतिर घरेलु टोलीका जेम्स टोम्किन्सले गोल गर्दै टोलीलाई सान्तवना गोल दिलाए ।
यस जितका बावजुद आर्सनल तालिकाको छैटौं स्थानमा यथावत छ भने प्यालेस पनि १६ औं स्थानमा यथावत छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]