8 years ago
December 29, 2017
बार्सिलोना (एजेन्सी) – नयाँ वर्ष सुरु हुने बित्तिकै विन्टर ट्रान्सफर विन्डो सुरु हुने छ । जसमा विभिन्न टोलीहरुले आफूलाई अझ बलियो बनाउनतिर लाग्ने छन् । त्यस्तैमा म्यानचेस्टर युनाइटेडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाबाट उसका मिडफिल्डर भित्राउन खोजिरहेको छ ।
युनाइटेड बार्सिलोनाका आन्द्रे गोमेजप्रति इच्छुक रहेको हो । पोर्चुगेली पत्रिका डोन बालोनका अनुसार ट्रान्सफर विन्डो खुल्ने बित्तिकै युनाइटेडले गोमेजलाई भित्राउने छन् । गोमेजको एजेन्टसँग पहिले नै सल्लाह भइसकेको कुरा पनि बताइएको छ ।
म्यानचेस्टर युनाइटेडले गोमेजलाई सन् २०१६ मा पनि भित्राउन खोजेको थियो । तर गोमेज आफैंले युनाइटेडको सट्टा बार्सिलोना रोजेका थिए । त्यहाँ उनले आफूलाई पहिलो टोलीको हिस्सा बनाउन नसक्दा युनाइटेडले त्यसको फाइदा उठाउन लागेको हो ।
गोमेजले बार्सिलोनाका लागि कुल ६२ खेल खेल्दै केवल ३ गोल गरेका छन् । अर्को तर्फ म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड प्रतिद्वन्दि म्यानचेस्टर सिटीभन्दा हाल १५ अंकले पछि रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]