8 years ago
December 29, 2017
दिपेन्द्र पोखरेल
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडीद्वय विमल घर्ती मगर र अनन्त तामाङ केहि दिनअघि रुस्लान थ्री स्टार क्लबसँग आबद्ध भएका छन् । अर्को साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामार्फत थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । खप्तड गोल्ड कप पुस २१ गते बाट सुरु हुँदैछ ।

राष्ट्रिय टोलीका नियमित सदस्य विमल र अनन्तले थ्री स्टारसँग ६ महिनाको सम्झौता गरेका छन् । ‘थ्री स्टारसँग जोडिन पाउँदा निकै नै खुशी छु’ , विमलले हाम्रो खेलकुद डट कमलाई भने , ‘अहिले ६ महिनाको लागि सम्झौता गरेका छौं । पछि थपिन पनि सकिन्छ । विभिन्न उमेर समूह नेपाली टोलीको कप्तानी समेत गरिसकेका विमलले भने, थ्री स्टारलाई धेरै भन्दा धेरै उपाधि जिताउने लक्ष्य छ ।’
मोफसलका विभिन्न प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी लगायतका क्लबबाट खेलेका अनन्त पनि सम्झौताबाट उत्साहित छन् । ‘थ्री स्टारबाट पहिलो पटक खेल्न लागेको छु । यसमा उत्साहित छु ‘,अनन्तले भने , ‘हरेक खेलाडी आफ्नो क्लबलाई उपाधि जिताउन दृढ हुन्छन् , म पनि दृढ छु ।’
एन्फा एकेडेमीका उत्पादन रक्षक अनन्त र स्ट्राइकर विमलले युरोपमा समेत प्रशिक्षण गर्ने अवसर पाइसकेका छन् । विमलको कप्तानीमा नेपालले दुई वर्षअघि साफ यू १९ फुटबल च्याम्पियनसिपको उपाधि जित्दा अनन्त पनि टोलीका महत्वपूर्ण सदस्य थिए । त्यसपछि बंगलादेशमा बंगबन्धु गोल्ड कप, नेपाली यू २३ ले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा र गत वर्ष एएफसी सोलिडारिटी कप जित्दा विमल र अनन्त दुवै टोलीको महत्वपूर्ण सदस्य थिए ।
ए डिभिजन लिगलाई लक्षित गर्दै विमल र अनन्तसँग सम्झौता गरेको जनाउँदै थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले भने, ‘अब लिगको टुंगो नलागेपनि हामीले विमल र अनन्तसँग सम्झौता गरेका छौं । उनीहरुको आगमनपछि टोली थप मजबुद हुने विश्वास लिएका छौं ।’
विमलले यसअघि थ्री स्टारबाट भारतमा एक नकआउट प्रतियोगिता खेलिसकेका छने भने अनन्तले खप्तडबाट थ्री स्टारबाट डेब्यू गर्नेछन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खप्तडका लागि सुदूरपश्चिम जानुअघि खेलाडीको अन्तिम छनोट गरिने जानकारी दिए । खप्तडलाई लक्षित गर्दै थ्री स्टारले गत महिनाको अन्त्यबाट प्रशिक्षण थालेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]