8 years ago
December 29, 2017
दुबई (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बिहिबार दुबईमा सम्पन्न ग्लोब सकर अवार्डमा वर्षको उत्कृष्ट खेलाडी २०१७ को उपाधि जितेका छन् । त्यस्तै रियल वर्षको उत्कृष्ट क्लब तथा सोही क्लबका जिनेदिन जिदान उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
आठौ संस्करणको ग्लोब सकर अवार्डमा रोनाल्डोको यो पाँचौ उपाधि हो । यसअघि बार्सिलोनाका लियोनल मेस्सी , बायर्न म्युनिखका फ्रान्क रिबेरी र एट्लेटिको म्याड्रिडमा रहँदा रादामेल फाल्काओ उक्त उपाधिबाट सम्मानित भएका थिए ।
‘मेरो लागि यो अर्को खुसीको क्षण हो , रोनाल्डोले भने,’ मेरो प्रशिक्षक , क्लब र मलाई मत दिने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु ।’ लगातार तेस्रो पटक वर्षको उत्कृष्ट क्लबको अवार्ड जितेको रियलको समग्रमा भने यो चौथो अवार्ड हो । यसअघि बार्सिलोनाले दुई तथा बायर्न र एट्लेटिकोले समान १ पटक यो उपाधि प्राप्त गरेका छन् ।
त्यस्तै जर्मन फेलिक्स ब्रिञ्च उत्कृष्ट रेफ्री घोषित भए भने स्पेनिस ला लिगाले वर्षको उत्कृष्ट लिगको उपाधि प्राप्त गर्यो । सन् २०१० मा पहिलो पटक आयोजना भएको अवार्ड समारोह युरोपियन एजेन्टको संघ तथा युरोपियन क्लबको संघले संयुक्त रुपमा आयोजना गर्ने गर्दछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]