8 years ago
December 29, 2017
लमजुङ/बेसीशहर (हाम्रो खेलकुद) – लमजुङ सदरमुकाम बेसीशहरमा जारी २६ औ त्रिवेणी कपमा आज घनपोखरा युवा क्लब र सामना युवा क्लब तुरतुरे विजयी भएका छन् । सहजी खेलमैदान बेशीशहरमा भएको पहिलो खेलमा घनपोखरा युवा क्लब हरियोले योङ आर्दश युवा क्लब सहजीलाई २–० ले हराएको थियो ।
सामनाले घनपोखरा युवा क्लब रातोलाई ३–० ले पराजित गर्दै दोस्रो चरणमा पुगेको छ । त्यस्तै बाघेता युवा क्लबले नव शान्ति युवा क्लब पाखाथोकलाई २–० ले, अलैचे युवा क्लब अलैचेले मस्र्याङ्दी बहुमुखी क्याम्पस बेशीसहरमाथि २–० ले हरायो ।
प्रतियोगितामा शनिबार ३ खेल हुने आयोजकले जनाएको छ । सुन्दरबजार युवा क्लब रातो र दुधपोखरी युवा क्लब पसगाउँले, पारेदेवी युवाक्लब दुबार र सुन्दरबजार युवा क्लब निलो तथा लमजुङ मस्र्याङ्दी युवा क्लब र बेशीसहर युथ सोसाईटी शेराबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
२३ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । सेमिफाइनल पुग्ने टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]