8 years ago
December 29, 2017
दिपक बोहोरा
पाँचथर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको फुटबल टोलीका कप्तान गणेश लावती गृह जिल्लामा सम्मानित भएका छन् । फुटबलको माध्यमबाट जिल्लालाई चिनाउँन योगदान गरेको भन्दै पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले उनलाई संयुक्त रुपमा शुक्रबार सम्मान गरेको हो । सम्मानमा गणेशले १ सय २५ सिसीको मोटरसाइकल र ताम्रपत्र प्राप्त गरे ।
फिदिम स्पोर्टिङको आयोजनामा फिदिममा नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । शनिबार हुने फाइनलमा सुनसनरी ११ र मोरङ ११ बीच प्रतिस्पर्धा हुनेछ ।
पाँचथरको यासोकका गणेशको खेल जीवन दुई दशकभन्दा लामो भइसकेको छ । २०५२ सालमा सौखिन रुपमा फुटबल खेल्न सुरु गरेका उनले २०५५ /०५६ मा इलाममा हुने खुकुरी कप, पाँचथरमा हुने युवा कप खेल्दै फुटबल यात्रा अघि बढाएका थिए । परिवारको लाहुरे बनाउने सपना लत्याउदै फुटबल खेलाडी बनेका गणेशले ए डिभिजन क्लब फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबाट पनि खेलेका थिए ।
उनले पोखराको संगम क्लबबाट पनि खेलेका थिए । २०५९ मा एपिएपमा आबद्ध गणेश क्लबका लागि लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । २०६० सालमा भुटानविरुद्ध खेल्दै गणेशले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनको नाममा एउटा अन्तर्राष्ट्रिय गोल छ । उनले प्यालेस्टाइनविरुद्ध गोल गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]