8 years ago
December 30, 2017
लन्डन (एजेन्सी)– चेल्सीका स्टार स्ट्राइकर इडन हाजार्डले चेल्सीसँगको नयाँ सम्झौता गर्न अस्वीकार गरेका छन् । ला लिगाको सफल टोली रियाल म्याड्रिड वा प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड जाने सम्भावनालाई मध्यनजर गर्दै उनले सम्झौता नगरेको बताइएको छ ।
पछिल्लो केहि वर्षयता हजार्ड रियल जाने चर्चा चलेको थियो । बेल्जियन हाजार्ड आफैले पनि पटक पटक रियल जाने इच्छा जाहेर गरेका थिए । २६ वर्षे उनको चेल्सीसँगको सम्झौता सन् २०२० सम्म रहेको छ । यदि राम्रो प्रस्ताव आएको खण्डमा भने उनी थप सम्झौता लम्बाउने पक्षमा छैनन् ।
युनाइटेडले पनि उनलाई भित्राउने इच्छा देखाइरहेको बताइएको छ । उनी पूर्व प्रशिक्षक जोसे माउरिन्होको नजरमा पनि परेका खेलाडी हुन् । यद्दपि चेल्सी चिरप्रतिद्वन्दि युनाइटेडलाई हजार्ड बेच्ने पक्षमा भने छैन । हाजार्ड रियलका प्रशिक्षक जिनेदिन जिदानको प्रशंसक हुन् । उनले जिदानसँग काम गर्न चाहेको पनि यसअघि बताइसकेका छन् ।
इडनका पिता थेएरीले चेल्सीसँगको सम्झौताका विषयमा उल्लेख गर्दै रियल जाने सम्भावनाको पर्खाइमा रहेको संकेत गरेका छन् । ‘उनले सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्,’ उनले भने, ‘तर, रियलसँग पनि कुनै सम्झौता भएको छैन ।’
ला लिगामा यसपटक रियलको सुरुआत राम्रो हुन सकेको छैन । शीर्षस्थानको बार्सिलोना भन्दा रियल १४ अंकले पछाडि रहेको छ । यस्तोमा जिदानले हाजार्ड भित्राउने विषयमा सोच्न सक्ने अनुमान गरिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]