default_image

8 years ago

December 30, 2017

खप्तड गोल्ड कपमा थ्री स्टारको पहिलो भेट झापासँग

149 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– एक वर्ष भन्दा लामो समयपछि रुस्लान थ्री स्टार क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपमार्फत फर्कदैछ । तर, टोलीलाई खप्तड गोल्ड कपको पहिलो खेलमै मोफसलकै बलियो टोली रमपम झापा ११ को सामना गर्नुपर्ने भएको छ ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट धनगढीमा सुरु हुने मोफसलकै सर्वाधिक पुरस्कार राशीको खेल तालिका सार्वजनिक हुँदा थ्री स्टारले पहिलो खेलमा झापाको सामना गर्नुपर्ने भएको हो ।

११ दिनसम्म चल्ने खप्तडमा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौ, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् ।
थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’मा छन् ।

उद्घाटन खेल पुस २१ गते आयोजक र काठमाण्डौको ए डिभिजन टोली च्यासलबीच हुनेछ । युथ क्लव प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा च्यासलले पहिलोपटक ‘ए’ डिभिजन खेल्न लागेको हो । समुह ‘ए’ बाट आयोजक र च्यासल तथा समूह ‘बी’ बाट मनाङ र आर्मीले वाइ पाएर सोझै क्वार्टरफाइनल खेल्दैछन् ।

गत वर्ष छनोट चरण पार गरेपछि एन्फाको कमजोरीका कारण एएफसी खेल्न नपाएपछि थ्री स्टारले एन्फाका सबै कार्यक्रम बहिष्कार गर्दै आएको थियो । सुरुमा ६ करोड क्षतिपूर्ति मागेको थ्री स्टारले १ करोड ५० लाख रुपैयाँ एन्फाले क्षतिपूर्ति दिने विषयमा सहभागित गरेपछि फुटबलमा फर्कन लागेको हो ।

खप्तडको तयारीका लागि थ्री स्टारले गत महिनाको अन्त्यबाट तयारी थालेको थियो । थ्री स्टारले राष्ट्रिय टोलीका स्टार विमल घर्तीमगर र अनन्त तामाङलाई पनि यसबीचमा भित्राएको छ । प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.