8 years ago
December 30, 2017
दिपक बोहोरा
फिदिम – फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप प्रतियोगिताको भोली हुने फाइनल खेलका लागी मोरङ ११ र सुनसरी ११ तयार रहेका बताएका छन् ।
फाइनल खेलको अधिल्लो दिन आयोजक फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षकहरुले फाइनलको लागी आफू तयार रहेको बताएका हुन् । फाइनल खेल भोली २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ ।
प्रिम्याच कन्फ्रेन्समा पत्रकारहरुसँग कुरा गर्दै मोरङका प्रशिक्षक मनिश तिम्सीनाले आक्रमक फुटबल खेल्दै उपाधि जित्ने बताएका छन् । यता सुनसरीका प्रशिक्षक श्याम मान्धरले रक्षात्मक खेल्दै काउन्टर एट्याकमा गोल गर्ने आफूहरुको रणनीति सफल भइरहेको हुँदा भोलीको खेलमा पनि सोहि शैलीमा खेल्ने बताएका छन् ।
पुस ७ गतेबाट फिदिममा जारी रहेको प्रतियोगिताको उपाधिको लागी मोरङ ११ र सुनसरी ११ बीच प्रस्तिपर्धा हुँदैछ । सुनसरीले आफ्नो पहिलो खेलमा ए डिभिजन क्लब डिबाइ ब्वाइज युनियनलाई ३–० ले, क्वाटरफाइनलमा अर्को ए डिभिजनको विभागीय टिम एपिएप लाई ३–० ले र सेमिफाइनलमा अग्नी रुपन्देहि ११ लाई ३–१ ले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको थियो ।
मोरङ ११ ले क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ट्राइबेकरमा ४–२ ले र सेमिफाइनलमा साविक विजेता समेत रहेको बिर्ता युनाइटेडलाई सडनडेथमा ६–५ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्ने छ भने उपविजेताले नगद २ लाख प्राप्त गर्ने छ । हरेक दिनको म्यान अफ दि म्याच तथा प्रतियोगिताको उत्कृष्ट गोलकिपर रक्षक, प्रशिक्षक, मिडफिल्डर र फरवार्डले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]