8 years ago
December 31, 2017
बार्सिलोना (एजेन्सी) – नयाँ वर्षको सुरुवातसँगै विन्टर ट्रान्सफर विन्डो पनि खुल्ने छ । त्यस्तैमा विभिन्न क्लबहरु आफ्नो टोलीलाई बलियो बनाउन खेलाडि भित्राउनतिर लाग्ने छन् । यसै अवसरमा अमेरिकी फुटवेर कम्पनी नाइकिले फिलिप कौटिन्हो बार्सिलोना जाने सङ्केत दिएको छ ।
यस सिजनको सुरुवात अघि कौटिन्हो बार्सिलोना जान खोजे पनि लिभरपुलले उनको ट्रान्सफर रोकेको थियो । तर यस विन्टर ट्रान्सफर विन्डोमा कौटिन्होको इच्छा अन्तिममा पूरा हुने देखिन्छ ।
नाइकिले आफ्नो आधिकारिक ट्विटरमार्फत कौटिन्हो बार्सिलोना आउने सङ्केत दिएको हो । “कौटिन्हो नु क्याम्प रङ्गाउन तयार छन् । कौटिन्होको जर्सी जनवरी ६ सम्म उनको नामको जर्सी मगाउनु होस् ,” नाइकिले ट्विटमार्फत जनाएको थियो ।
लिभरपुल राम्रो फुटबल खेलिरहे पनि प्रिमियर लिगको अंकतालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना भने ला लिगाको पहिलो स्थानमा रहेको छ । ब्राजिलियन रोनाल्डोले पनि कौटिन्हो बार्सिलोना जान सक्ने कुरा सम्बन्धि आफ्नो मत दिएका थिए ।
नाइकिले आफ्नो ट्विट केहि छिनमै हटाएको थियो । कम्पनीले त्यसबारे पछि केहि बोलेको पनि छैन । त्यो ट्विट गल्ती थियो या नाइकिले कुनै सङ्केत दिन खोजेको भन्ने कुरा यसै ट्रान्सफर विन्डोमा प्रष्ट हुने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]