8 years ago
December 31, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज क्रिस्टल प्यालेससँग भिड्दै छ । नेपाली समय अनुसार ५.४५ बजे सुरु हुने सो खेल क्रिस्टल प्यालेसको घरेलु मैदान सेल्हर्स्ट पार्कमा खेलिँदै छ ।
म्यानचेस्टर सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी घाइते छन् । उनको स्थानमा इलाकुम मङ्गाला खेल्दै छन् । त्यस्तै आज सर्जियो अगुएरो र रहिम स्टेर्लिङ्ग पनि बेन्चबाट सुरुवात गर्दै छन् । सिटीको अग्रपंक्ति ग्याब्रियल जेससले सम्हाल्दै छन् ।
अर्को तर्फ क्रिस्टल प्यालेसको अग्रपंक्ति क्रिस्टियन बेन्टेके र विल्फ्रिड जाहाले सम्हाल्ने छन् । यी दुई बीचको पछिल्ला दुवै खेल म्यानचेस्टर सिटीले ५-० को अन्तरले जितेको थियो ।
सुरुवाती ११:
क्रिस्टल प्यालेस: हेनेसी, रिडवाल्ड, टोम्किन्स, ड्यान, भ्यान आनहोल्ट, टाउन्सेन्ड, काबाये, मिलिभोयेभिच, फोसु-मेन्साह, बेन्टेके, जाहा
म्यानचेस्टर सिटी: एडरसन, वाकर, मङ्गाला, ओटामेन्डि, ड्यानिलो, डे ब्रुयन, फर्नान्डिनो, गुन्डोगन, बर्नार्डो सिल्भा, जेसस, साने
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]