8 years ago
December 31, 2017
लन्डन (एजेन्सी)– चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले टोलीका स्ट्राइकर इडन हाजार्डलाई पनि रियल म्याड्रिका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीसँगै एउटै तहमा राख्न सकिने उल्लेख गर्दै तर, त्यसका लागि उनले बढी गोल गर्नु पर्ने बताएका छन् ।
हाजार्डले यो सिजन १४ खेलमा मात्र ४ गोल गरेका छन् । बेल्जियमबाट खेल्दा गोलिगाठामा चोट लागेपछि उनले सिजनको सुरुवातका केहि महिना मैदान बाहिरि रहनु परेको थियो ।
बेल्जियमका सुपरस्टारको हाजार्ड अघिल्लो सिजन भने उत्कृष्ट रहेको थियो । चेल्सीलाई प्रिमियर लिग उपाधि दिलाउने क्रममा उनले १६ गोल गरेका थिए । यो वर्षको बालोन डि ओर अवार्डको उपाधि दौडमा उनी १९ औं नम्बरमा थिए । अवार्ड रोनाल्डोले पाँचौं पटक जितेका थिए ।
भविष्यमा हाजार्डले बालोन डी ओर जित्ने सम्भावना रहेको उल्लेख गर्दै कोन्टेले भने, ‘यदि आफुलाई माथिल्लो स्तरमा देख्न चाहने हो भने जति सक्दो बढी गोल गर्नुपर्दछ । त्यसका लागि उनले सुधार गर्नुपर्ने हुन्छ ।’
हाजार्डका भूमिकाका बारेमा कोन्टेले थपे, ‘कोही स्ट्राइकर वा १० नम्बरको जर्सी लगाउछ भने बढी गोल गर्ने पर्ने हुन्छ । मलाई लाग्छ उनीमा सुधार गर्ने थ्रुपै ठाँउ छ । यो पनि विसर्न हुन्नकी उनी रोनाल्डो र मेस्सीभन्दा कान्छा छन् ।’ हाजार्ड रियल जाने विषय पछिल्लो समय निकै चर्चामा छ । उनी जनवरी ट्रान्फरमा स्पेन पुग्ने अनुमान गर्ने पनि धेरै छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]