8 years ago
December 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिमाञ्चलले फराकिलो जितसहित राखेप च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको सुरुआत गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले मध्यमाञ्चलमाथि ६–२ को फराकिलो जित हासिल गर्यो । टोलीको जितमा निर्मला विकेले ह्याट्रिकसहित ४ गोल र अमृता जैशी र कप्तान घिम कुमार गुरुङले समान २ गोल गरे ।
एकपक्षिय खेलको ११ औं मिनेटमा निर्मलाको गोलबाट पुलिस अग्रता लिएको थियो । १३ औं मिनेटमा दोस्रो गोल गरेका निर्मलाले ३६ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । त्यसअघि अमृताले १९ औं मिनेटमा गरेकी थिइन् । २६ औं मिनेटमा मध्यमाञ्चलकी सविता राना मगरले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरिन् ।
तर, १० मिनेटपछि निर्मलाले अर्को गोल थपिन् । ७२ औं मिनेटमा घिमले पेनाल्टीमा गोल गरिन् । खेल सकिन १ मिनेट बाँकी रहँदा मिथिला कुशवारले गोल गर्दै गोल अन्तर ६–२ मा झारेपनि हार टार्न सकेन । पुलिसका प्रशिक्षक सन्जिव जोशीले मध्यमाञ्चलमाथि प्रभावशाली जित निकाल्नु टिमको लागि सुखद पक्ष रहेको बताए ।
‘मध्यमाञ्चल प्रतियोगितामा बलियो टोली हो । उनीहरुले पहिलो खेलमा ६ गोल खान पुगे ’ प्रशिक्षक जोशीले भने, ‘बढी गोल खायो भन्दैमा उनीहरुलाई कमजोर भन्न मिल्दैन । उनीहरुमा खेलमा फर्कन सक्ने क्षमता छ ।’
पराजित टिमका प्रशिक्षक नुरराज काफ्लेले खेलाडीको प्रदर्शनबाट आफु सन्तुष्ट रहेको बताए । ‘म खेलाडीको प्रदर्शनबाट खुशी छु । उनीहरुले बलियो टिम पुलिससँग राम्रो फुटबल खेले ’ उनले भने, ‘बलियो टिमसँग खेलेर २ गोल गर्न सक्नु पनि टिमको लागि सुखद पक्ष हो ।’
आजको अर्को खेलमा सुदुरपश्चिमले पूर्वाञ्चलमाथि ४–० को जित निकालेको थियो । चन्द्रा भण्डारी र श्रीषा कार्कीले समान २ गोल गरे । चन्द्राको गोलबाट नवौं मिनेटमा अग्रता लिएको सुदुरका लागि उनले ३७ औं मिनेटमा अर्को गोल थपरिन् । श्रीषाले ८२ र ८९ औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित गरिन् ।
युवा तथा खेलकुद मन्त्री राजन कुमार केसीले फिफा रेफ्री तथा खेलको म्याच रेफ्री अस्मिता मानन्धरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । पाँच विकास क्षेत्र र तीन विभागिय टोली गरि प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]