default_image

8 years ago

December 31, 2017

सुनसरी ११ लाई रुस्लान फाल्गुनन्द गोल्ड कप उपाधि

139 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर – सुनसरी ११ ले नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङ ११ लाई २–० ले हराउँदै सुनसरी च्याम्पियन बनेको हो । सुनसरीलाई जित दिलाउन तीर्थ बस्नेत र सुरज सुनुवारले गोल गरे ।

रेफ्रीका रुपमा फिफा रेफ्री लव खत्रीको अन्तिम खेलका रुपमा रहेको फाइनलमा खेलको अन्त्यतिर गोल भएको थियो । तीर्थले ६७ औं मिनेटमा गोल गर्दै सुनसरी अघि बढाएका थिए । सैजन याख्खाको कर्नरमा आएको बलमा तीर्थ गोल गरेका हुन् । खेल सकिन ४ मिनेट बाँकी रहँदा सुरजले गोल गरे । सैजनकै कर्नरमा सुरजले गोल गरेका थिए ।

सुनसरीले खेलको तेस्रो मिनेटमै गोल गर्ने अवसर पाएको थियो । हेमन्त थापाको फ्रिकिक बारमा लागेर फर्केपछि सुरुआतमै अग्रता लिने सुनसनरीको अवसर खेर गएको थियो । सोही टोलीका निशान लिम्बुले सातौं मिनेटमा गोल गर्ने अवसर पनि उपयोग गर्न सकेनन् ।

३२ औं मिनेटमा सुनसरीका हेमन्त फ्रिकिकलाई मोरङका किपर सूर्य अधिकारीले रोकेका थिए । मोरङका बुद्धिमान राईले दुई पटक सम्म गोल गर्ने मौका पाए, तर सफल भएनन् । ११ औं मिनेटमा अवसर खेर फालेका बुद्धिमानको ७५ औं मिनेटमा गरेको प्रहार बारमा लागेर फर्केको थियो ।

सुनसरीका सुरज सुनार फाइनलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । मोरङका प्रशिक्षक मनीष तिमल्सिनाले थोरै अवसर पाएको र त्यसलाई पनि खेर फालेपछि पराजित भएको बताए । सुनसरीका प्रशिक्षक श्याम मानन्धले रक्षात्मक खेल्दै काउन्टर एट्याकबाट गोल गर्ने रणनिति सफल भएको बताए ।

व्यक्तिगत पुरस्कार विधा तर्फ पनि सुनसरीकै खेलाडीको बर्चस्व रहयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका सुनसरीका हेमन्त थापा मगरले ३५ हजार रुपैयाँ प्राप्त गरे । ५ गोल गरेका सुनसरीका तीर्थ बस्नेत उच्च गोलकर्ता बने र उनले १५ हजार रुपैयाँ पाए ।

सुनसरीका विवश चौधरी उत्कृष्ट गोल किपर, सोही क्लबका निशान लिम्बु उत्कृष्ट फरवार्ड, मोरङका बुद्धिमान राई उत्कृष्ट मिडफिल्ड, मोरङका सुरेन्द्र खवास उत्कृष्ट रक्षक ,सुनसरीका श्याम मानन्धर उत्कृष्ट प्रशिक्षक तथा आयोजिक फिदिम स्पोर्टिङ क्लबका आकाश राना उदयमान खेलाडी घोषित भए ।

उत्कृष्ट र उदयमानले समान १० हजार रुपैयाँ प्राप्त गरे । फाइनल पछि रेफ्री लव खत्रीलाई पनि सम्मान गरिएको थियो । फिदिम स्पोर्टिङको आयोजतामा पुस ७ गतेबाट सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.