8 years ago
December 31, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको १८ खेलको विजयी यात्रामा पूर्ण विराम लागेको छ । क्रिस्टल प्यालेसले सिटीलाई आफ्नै घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको थियो ।
खेल आफ्नो नियन्त्रणमा राखे पनि घरेलु टोली क्रिस्टल प्यालेसले खेलको दुई राम्रा अवसर पाएको थियो । खेलको अन्तिम मिनेटमा प्यालेसले पाएको पेनाल्टीलाई सिटीका गोलकिपरले बचाऊ गरेका थिए । त्यस्तै एन्ड्रोस टाउन्सेन्डले १०-यार्ड टाढाबाट आफ्नो प्रहारमा चुकेका थिए ।
सिटीका लागि पहिलो हाफमा ग्याब्रियल जेसस घाइते भएका थिए भने दोस्रो हाफमा केभिन डे ब्रुयन पनि घाइते हुँदै बाहिरिए । यस नतिजासँगै सिटीको १८ खेलको विजयी यात्रामा पूर्ण विराम लागेको छ भने प्यालेसले निकै महत्वपूर्ण १ अंक हांसिल गरेको छ ।
यसैगरी आज प्रिमियर लिगमा आर्सनल वेष्ट ब्रोमसँग पनि भिड्दै छ । वेष्ट ब्रोमको घरेलु मैदानमा खेलिने सो खेल १०.१५ बजे सुरु हुने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]