default_image

8 years ago

December 31, 2017

कोस्टाले एट्लेटिकोमा १८ नं जर्सी लगाउने

97 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)–स्ट्राइकर डिएगो कोस्टाले अन्ततः ला लिगा टाली एट्लेटिको म्याड्रिडमा पुनरागमन गरेका छन् । चेल्सीबाट उनी ६७ मिलियन पाउन्डमा एट्लेटिको फर्केका हुन् । पूर्व क्लबसँग उनले गएको सेप्टेम्बरमा नै सम्झौता गरेका थिए ।

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेसँग सम्बन्ध चिसिदै गएपछि उनीले त्यहाँ नफर्कने निर्णय लिएका थिए । आइतबार क्लबले उनलाई पत्रकार सम्मेलनमा प्रस्तुत गरेको थियो । कारवाहीमा परेका कारण एट्लेटिकोले पछिल्लो दुई वर्ष कुनै पनि खेलाडी अनुबन्धन गर्न पाएन ।

नियम वितपरित युवा खेलाडीसँग सम्झौता गरेको भन्दै क्लबमाथि कारवाही गरिएको थियो । तर, नयाँ वर्ष सन् २०१८ को सुरुआतमा कारवाही सकिदैछ । यसअघि कोस्टाले एट्लेटिकोबाट १ सय ३५ खेलमा ६४ गोल गरेका थिए ।

कोस्टाले २०१३/०१४ मा टोलीलाई ला लिगा उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यहि सिजन टोली च्याम्पियन्स लिगको फाइनल पुगेका थिए । २८ वर्षे कोस्टाले एट्लेटिकोमा १८ नम्बरको जर्सी लगाउनेछन् । कोपा डेल रेमा बुधबार हुने लिइडाविरुद्ध हुने खेलमा कोस्टाले दोस्रो पटक डेब्यू गर्ने सम्भावना छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.