8 years ago
January 1, 2018
वेष्ट ब्रोमविच (एजेन्सी) – गए राति प्रिमियर लिगमा आर्सनल वेष्ट ब्रोमसँग १-१ को बराबरीमा रोकिएको छ । सो खेल आर्सनलका प्रशिक्षक आर्सन वेंगरको कीर्तिमानी ८ सय ११ औं खेल पनि थियो ।
पहिलो हाफ खेल नियन्त्रणमा राखे पनि आर्सनलले अवसरहरु भने सिर्जना गर्न सकेको थिएन । खेलको दोस्रो हाफमा भने आर्सनलका एलेक्सिस सान्चेजले गरेको प्रहार वेष्ट ब्रोमका जेम्स मिक्लिनलाई लागेर आत्मघाती गोल हुन पुग्यो ।
तर आर्सनलको सो अग्रता धेरै बेर टिक्न सकेन । खेलको अन्तिम समयतिर जे रोड्रिगेजले घरेलु टोलीका लागि पेनाल्टीमार्फत गोल गर्दै आर्सनल र आर्सन वेंगरलाई निराश बनाए ।
सो खेल आर्सन वेंगरको ८ सय ११ औं खेल थियो जुन प्रिमियर लिगमा कुनै पनि प्रशिक्षकका लागि एउटा रेकर्ड पनि हो । यस भन्दा अघि म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनको नाममा ८ सय १० खेल थियो ।
यस नतिजासँगै आर्सनल तालिकाको पाँचौं स्थानमा यथावत् छ भने वेष्ट ब्रोम तालिकाको १९ औं स्थानमा रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]