8 years ago
January 1, 2018
लिभरपुल (एजेन्सी) – नयाँ वर्षको दिन प्रिमियर लिगमा खराब लयमा रहेको म्यानचेस्टर युनाइटेड एभर्टनसँग भिडदै छ । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ११.१५ बजे सुरु हुने छ ।
म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकु घाइते छन् । त्यस्तै अर्का स्ट्राइकर ज्लाटान इब्राहिमोभिच पनि घाइते भएकाले मार्कोस रासफोर्डले युनाइटेडको अग्रपंक्ति सम्हाल्ने छन् । एभर्टनका लागि पूर्व म्यानचेस्टर युनाइटेडका स्ट्राइकर वेन रुनीले टोलीमा ठाउँ पाउने देखिन्छ ।
युनाइटेड एभर्टनसँगको पछिल्लो ७ खेलमा पराजित भएको छैन । लिगमा लगातर ३ बराबरी खेलदै युनाइटेड हाल तालिकाको तेस्रो स्थानमा रहेको छ भने एभर्टन नवौं स्थानमा रहेको छ ।
त्यस्तै आज ८.४५ बजे सुरु हुने खेलमा लिभरपुल बर्नलीसँग भिड्दै छ । लिभरपुलका लागि स्टार खेलाडि मोहम्मद सालाह घाइते छन् । त्यस्तै बर्नलीका डिफेन्डर जेम्स टार्केवस्की प्रतिबन्धपछि टोलीमा फर्किँदै छन् ।
प्रिमियर लिगमा आज खेलिने अन्य खेलहरु:
ब्राइटन विरुद्ध बोर्नमथ – ६.१५ बजे
लेस्टर विरुद्ध हडर्सफिल्ड – ८.४५ बजे
स्टोक सिटी विरुद्ध न्युकासल – ८.४५ बजे
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]