8 years ago
January 1, 2018
धनगढी (हाम्रो खेलकुद) – यहि साता धनगढीमा सुरु हुने नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले जनाएको छ ।
क्लबले प्रतियोगिता सञ्चालनका लागि खेल मैदान सम्याउने, अतिरिक्त प्यारापिट निर्माण, टिकट व्यवस्थापन, खेलाडी लगायतको बसोवासको व्यवस्थापन लगायतका काम सकिन लागेको जनाएको छ । झण्डै एक महिनादेखि तयारीमा जुटेको आयोजक टोलीले विभिन्न समिति बनाएर काम थालिएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले बताए ।
धनगढी स्थित क्षेत्रीय खेलकुद रंगशालामा पुस २१ देखि सुरु भई माघ १ गते सम्म चल्ने प्रतियोगिताका लागि मैदानमा पानी राखेर रोलिङ गरिउको छ । मैदानलाई जति सक्दो राम्रो बनाउने प्रयास भइरहेको व्यवस्थापन समितिका संयोजक चक्र मल्लले जनाए । झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा फुटबलमा पहिलो पटक कृत्रिम प्याराफिट निर्माण गरिदैछ ।
झण्डै १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण भईरहेको छ । गत वर्ष धनगढी प्रिमियर लिगमा पोखरावाट कृत्रिम प्याराफिट ल्याएर बनाइएकोको थियो । फुटवलमा भने धनगढीकै स्किल नेपाल नामक कम्पनीले कृत्रिम प्याराफिट बनाइरहेको आयोजक क्लबका उपाध्यक्ष योगेन्द्र चन्द बताए ।

प्रतियोगितामा साविक विजेता मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार सिएमजी क्लब संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब गरि १२ टोली छन् ।
सहभागी टोलीहरुलाई दुई समुहमा विभाजन गरेर खेल तालिका पनि यसअघि नै सार्वजनिक भइसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाण्डौको च्यासल युथ क्लवबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका प्रवक्ता ओम चन्दले बताए ।
मोफसलको सर्वाधिक पुरस्कार राशी रहेको दोस्रो संस्करणको खप्तड गोल्ड कपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख ५५हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाइल पाउने प्रतियोगितामा अलग अलग विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछन ।
सिजी ग्रुपको नेपाल आइस ब्रान्ड मुख्य प्रायोजक र नेपाल टेलिकम सह प्रयोजक रहने प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शक मध्येबाट हरेक दिन गोल प्रथाका आधारमा छानिने एक जना विजेताले मोबाइल पाउनेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]