8 years ago
January 2, 2018
लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-० को स्कोरले हराएको छ । युनाइटेडको जितमा एन्थोनी मार्सियाल र जेसे लिन्गार्डले गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित भए पनि युनाइटेडले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ५७ औं मिनेटमा पल पोग्बाको पासमा मार्सियालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ८१ औं मिनेटमा पोग्बाकै पासमा लिन्गार्डले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै युनाइटेड पुन: तालिकाको दोस्रो स्थानमा उक्लेको छ भने एभर्टन नवौं स्थानमा यथावत् छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]