default_image

8 years ago

January 2, 2018

नेयमारलाई ‘साम्बा गोल्ड’ अवार्ड

108 views

0 Bookmark

रियो दी जेनेरियो (एजेन्सी) – फुटबल समर्थक , जर्नलिस्ट र पूर्व खेलाडीको मिश्रण रहेको मतका आधारमा नेयमारले २०१७ साम्बा अवार्ड जितेका छन् । यो अवार्ड यूरोपमा खेल्ने ब्राजिलियन खेलाडीहरुले पाउने अवार्ड हो । नेयमारको यो तेस्रो उपाधि हो ।

लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई पछि पार्दै नेयमारले यस उपाधि हात पारेका हुन् । कुल भोटको औशतमा नेयमारले २७.७१ प्रतिशत मत पाएका थिए भने दोस्रो स्थानमा रहेका कौटिन्होले १६.६४ तथा तेस्रोमा रियलका मार्सेलोले १४.४३ प्रतिशत मत पाए ।

त्यस्तै समर्थकहरुको अनलाइन तर्फको भोट मात्र हेर्दा बार्सिलोनाका मिडफिल्डर पौलिन्होले ३१ प्रतिशत तथा नेयमारले १४ प्रतिशत मत प्राप्त गरे । अनलाइन तर्फ कौटिन्होले १३ प्रतिशत मत हात पारेका हुन् ।

जर्नलिस्टको रोजाइमा मार्सेलो तथा पूर्व खेलाडीहरुको रोजाइमा भने नेयमार उत्कृष्ट रहे । पूर्व खेलाडीको मतमद्धे ३९ प्रतिशतले नेयमारलाई रोजे भने कौटिन्हो १७ र मार्सेलो १० प्रतिशतले रोजे। जर्नलिस्ट तर्फ भने मार्सेलोले ३० , नेयमारले २९ र कौटिन्होले १९ प्रतिशत मत पाए ।

यसअघी २०१६ मा कौटिन्होले यस उपाधि प्राप्त गरेका थिए भने थिएगो सिल्भाले पनि ३ पटक यस उपाधि पाएका छन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.