default_image

8 years ago

January 2, 2018

महिला फुटबलमा पुलिस र मध्यमाञ्चल विजयी

160 views

0 Bookmark

काठमाडौं (हाम्रा खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल फुटबल विभागीय नेपाल पुलिस क्लब र मध्यमाञ्चल विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाथि २–१ को कठिन जित निकालेको हो । लिगमा पुलिसको यो लगातार दोस्रो जित हो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एक गोलले पछि परेको स्थिति उल्ट्याउदै लिगमा लगातार दोस्रो जित निकालेको हो ।

सुदूरपश्चिमका चन्द्रा भण्डारीले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको पुलिस खेलमा फर्कदै दुई गोल गर्न सफल भयो । पुलिसका लागि ५८ औं मिनेटमा निरु थापाले बराबरी गोल गर्दा त्यसको आठ मिनेटपछि निर्मला उपाध्ययले गोल गर्दै टिमलाई अग्रता दिलाए । अन्तत त्यही गोल नै पुलिसको जितमा पर्याप्त बन्यो । यसअघि खेलको तेस्रो मिनेटमा नै पुलिसले अग्रता लिने मौका खेर फालेको थियो । तेस्रो मिनेटमा प्राप्त पेनाल्टीमा पुलिसका कप्तान घिम कुमारी गुरुङको प्रहार सुदूरका गोलरक्षक उषानाथले रोकेका थिए ।

जितपछि पुलिसका प्रशिक्षक सन्जिप जोशीले दोस्रो हाफमा खेलाडीबीच तालमेल मिल्दा जित हात पार्न सकिएको बताए । ‘विपक्षी टिमले पहिलो हाफमा हामीले भन्दा राम्रो खेल्यो । दोस्रो हाफमा हामीले राम्रो खेल्दै गोल गर्न सक्यौं ।’ प्रशिक्षक जोशीले भने, ‘सुदूरपश्चिमको टोली एकेडेमी जस्तै हो । हामीलाई थाहा छ उनीहरुले राम्रो खेलिरहेका छन् । उनीहरुको प्रदर्शनलाई सम्मान गर्नुपर्छ ।’
यता पराजित टिमका प्रशिक्षक डवल बहादुर थापाले टिमको प्रदर्शनमा आफु सन्तुष्ट रहेको बताए । उनले टिम सुपर लिगमा प्रवेश गर्नेमा ढुक्क रहेको बताए ।
महिला लिग अन्र्तगतकै अर्काे खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४–० ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको छ । मध्यमाञ्चल पहिलो खेलमा पुलिससँग ६–२ ले पराजित भएको थियो ।
मध्यमाञ्चलाई लिगमा पहिलो जित दिलाउन रश्मी कुमारी घिसिङले २ तथा कप्तान मेनुका नगरकोटी र सविता रानामगरले समान १–१ गोल गरिन् ।
च्याम्पियनसिपमा ५ विकास क्षेत्रसहित ३ विभागीय टोली गरी ८ टिमको सहभागिता रहेको छ । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर लिगका लागि छानिनेछन् । सुपर लिगमा पनि शीर्षस्थानमा रहने टिम लिगको च्याम्पियन बन्नेछ ।
लिगको विजेताले २ लाख रुपैया प्राप्त गर्नेछ । उपविजेताले १ लाख प्राप्त तथा तेस्रो हुनेले ५० हजार रुपैया प्राप्त गर्नेछ । विधागत तर्फका स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले जनही २५ हजार रुपैया प्राप्त गर्नेछन् ।

लिग अन्र्तगत बुधबार पनि दुई खेल हुदैछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले मध्यपश्चिमाञ्चलको तथा दोस्रो खेलमा नेपाल एपीएफ क्लब र पश्चिमाञ्चलबीच खेल हुनेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.