8 years ago
January 2, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडसँग सम्झौताको आशा गर्दै चेल्सीका मिडफिल्डर इडेन हजार्डले चेल्सीको नँया प्रस्ताव अस्वीकार गरेको खुलासा बेल्जियमको पत्रिका ‘ले सोयरु’ले गरेको छ ।
ले सोयरसँगको अन्तर्वार्तामा हजार्डले रियलसँग सम्झौता गर्ने अपेक्षा सहित चेल्सीको नयाँ प्रस्ताव अस्वीकार गरेको उनको पिताले बताएका छन् । इङ्लिस पत्रिका ‘द सन’ का अनुसार हजार्डले चेल्सीको ३ लाख पाउन्ड प्रति साताको प्रस्ताव अस्वीकार गरेका हुन् ।
रियलले हजार्डलाई १ सय २० मिलियन पाउन्ड खर्चिदै भित्राउने प्रारम्भिक खबर आएको थियो । तर, स्पेनिस पत्रिका मार्साले जनाए अनुसार क्लबका निर्देशकहरुले हजार्डलाई खरिद गर्न मोटो रकम खर्चनु भन्दा असेन्सियोको स्तर वृद्धि गर्न टोलीका प्रशिक्षक जिनेदिन जिदानलाई सुझाव दिएको बताइएको छ ।
असेन्सियोले यस सिजन ला लिगामा रियलबाट ९ खेलमा सुरुआत गरेपनि ६ खेलमा मात्र पुरा ९० मिनेट खेलेका छन् । उनले च्याम्पियन्स लिगमा भने १ खेलमा मात्र सुरुवात गरेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]