default_image

8 years ago

January 1, 2018

रुपन्देही एन्फामा केसीकै निरन्तरता

122 views

0 Bookmark

दिपक न्यौपाने
बुटबल – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय नेतृत्व आफ्नै मातहत रहेको रुपन्देही जिल्ला फुटबल संघ प्रति अनुदार रहँदै आएको छ । अझ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर (कुमार) केसी प्रति एन्फा नेतृत्व असन्तुष्ट रहँदै आएको थियो । अघिल्लो कार्यकालमा पनि केन्द्रिय नेतृत्वको चाहना विपरित निर्वाचित को अध्यक्षमा कुमार फेरि चार वर्षे कार्यकालको लागि सोमबार निर्वाचित भएका छन् ।

रुपन्देही जिल्ला फुटबल संघका निर्वाचित अध्यक्ष कुमार केसी ।

अहिले पनि एन्फाको केन्द्रिय नेतृत्व त्यसमा पनि संस्थापन भनिएको पक्ष उनी वाहेकको नेतृत्वको पक्षमा थियो । यहाँ सम्मकी एन्फाका पूर्व अध्यक्ष गणेश थापा जो फिफाबाट १० वर्ष प्रतिबन्धमा छन्, उनी समेत केसीलाई रुपन्देहीको नेतृत्वमा आउनबाट रोक्न लागि परेको खुलासा भएको छ । रुपन्देहीको निर्वाचनका प्रतिनिधिलाई उनले फोन गरेर कुमारलाई सहयोग नगर्न आग्रह गरेको अडियो टेप सार्वजनिक भएको छ ।

जबकी थापा १० वर्ष सम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि प्रतिबन्धमा छन् । थापाले अडियो टेपमा केसीले राजनीतिक आस्थाका आधारमा आफ्नो विपक्षमा उभिएको बताएका छन् । तीन वर्षअघि एन्फाकै तत्कालिन उपाध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा चलेको शुद्धिकरण अभियानका केसी समर्थक थिए । त्यहाँ देखि नै एन्फा संस्थापन पक्ष केसीसँग रुष्ट रहँदै आएको छ ।

एन्फाका मनार्थ उपाध्यक्ष हरि श्रेष्ठ र केसीबीचको तिक्तताका कारण त्यसले रुपन्देही फुटबल विकासमा पनि असर पर्दै आएको छ । एन्फा आफैले स्थापना गरेको बुटबलको एकेडेमी र रुपन्देही संघले गर्ने कुनै पनि कार्यक्रममा एन्फाले साथ दिन छाडेको छ ।

यस्तोमा चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा केसी १९ मध्ये १४ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी ऋषिराम ज्ञवालीले ५ मत प्राप्त गरे । कायसमितिमा केसीकै प्यानल विजयी भएको थियो । ३ उपाध्यक्षमा ५ जना उम्मेदवार मध्ये मकेश कुँवर (१८ मत), भूपेन्द्रबहादुर (हरि) क्षत्री (१४), खेमराज (मुन्ना) गुरुङ (१४) निर्वाचित भए ।

१० जना उम्मेदवार मध्ये ८ जना सदस्यमा होम गलामी (१९), मनोजकुमार थापा (१९) सोमबहादुर (सुरज) थापा (१९), जक्तबहादुर थापा (१८), पदमबहादुर थापा (१८), प्रेम राना (१६), इशान भण्डारी (१५), शंकर मल्लाह (१४) विजयी भएका छन् ।

मोतीकला गुरुङ महिला सदस्यमा निर्विरोध भइन् । कार्यसमितिले अन्य पदाधिकारी मनोनित गर्नेछ । जिल्ला संघमा २० क्लब आबद्ध छन् । प्रतिनिधि छनोटमा विवाद परेपछि इन्टर स्पोर्ट्स क्लबले निर्वाचनमा भाग लिन पाएन ।

रुपन्देही जिल्ला फुटबल संघका निर्वाचित पदाधिकारी एवंम् सदस्यहरु ।

रोक्नका लागि अनेक प्रयास भएपनि आफ्नो टिम जित्न सफल भएको उल्लेख गर्दै केसीले हाम्रो खेलकुद डटकमसँग भने,’निर्वाचिन सकिएपछि त्यी सबै कुरा त्यहि टुंगिएका छन् । अब हामी फेरि पनि जिल्लाको फुटबल विकासमा एकजुट भएर लाग्नु पर्दछ । निर्वाचनबाट एउटा परिणाम आइसकेकोले अब त्यो चरण पुरा भएको छ । हामी सबैलाई साथमा लिएर अघि बढ्नेछौं । ‘

केसीले उमेर समूहका खेलाडी उत्पादन गर्दै जाने र एन्फा टेक्निकल सेन्टरलाई अझै व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना रहेको बताएका छन् । उनको नेतृत्वमा जिल्ला संघले एकेडेमी सञ्चालन गर्दै आएको छ भने केही वर्ष स्थागित तिलोत्तमा गोल्ड कपले पनि निरन्तरता पाउँदै आएको छ । केसीका अनुसार यसपटकको तिलोत्तमा गोल्ड कप फागुनमा हुनेछ ।

केन्द्रिय निर्वाचन अघि एन्फाको जिल्ला निर्वाचन हरु भइरहेको छन् । एन्फाले पुस ५ देखि माघ ५ गते सम्म भित्र निर्वाचन गरि सक्न जिल्लालाई निर्देशन दिएको छ । चार वर्षे कार्यकालका लागि एन्फाको १७ सदस्यीय कार्यसमितिको निर्वाचन चैत १४ गते हुँदैछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.