default_image

8 years ago

January 3, 2018

कौटिन्होका लागि लिभरपुलले सरुवा रकम तोक्यो

102 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– प्रिमियर लिग टोली लिभरपुलले आफ्ना स्टार मिडफिल्डर फिलिप कौटिन्होका लागि बार्सिलोनासँग १ सय ३० मिलियन पाउन्ड सुरुवा रकम माग गरेको बताइएको छ । टेलिग्राफका अनुसार युवा ब्राजिलियन कौटिन्हो बार्सिलोना जानेमा दृढ छन् । 

यसअघि बार्सिलोनाले कौटिन्होका लागि गरेको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको थियो । कौटिन्हो सरुवाका लागि तयार भएपनि बार्सिलोनाले अघिल्लो पटकभन्दा रकम बढाएर प्रस्ताव गर्छ वा गर्दैन त्यो बढी महत्वपूर्ण हुनेछ । यसअघि काटलान महारथीले कौटिन्हो किन्न १ सय १५ मिलियन पाउन्ड प्रस्ताव गरेको थियो ।

लिभरपुलले सेन्टर ब्याक भर्जिल भान डाइकलाई ७५ मिलियन पाउन्डमा भित्राएको थियो भने बार्सिलोनाले अघिल्लो ट्रान्सफर विन्डोमा ओसमाने डेम्बेलेका लागि १ सय ३५ मिलियन पाउन्ड खर्च गरेको थियो ।

लिभरपुल छाड्ने तीब्र इच्छा देखाएका कौटिन्होले यो सिजन उच्च प्रदर्शन गरिरकेका छन् । सबै खाले प्रतियोगितामा गरि २० खेलमा १२ गोल गरेका उनले ९ एसिस्ट पनि गरेका छन् । तीघ्राको समस्याका कारण बनर्लीसँगको खेल गुमाएका कौटिन्होले शुक्रबार एभर्टनविरुद्ध हुने एफए कपको खेलमा भने पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.