8 years ago
January 3, 2018
दिपक न्यौपाने
बुटवल – रुपन्देही जिल्ला फुटबल सघं रुपन्देहीको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले आज महासचिवमा लोक पुनलाई चयन गरेको छ । पुन यसअघि पनि महासचिव नै थिए । झरना स्पोर्टस क्लब कुन्जलापुरका अध्यक्ष समेत रहेका पुन लामो समय देखी रुपन्देहीको फुटबलमा सक्रिय रहेका खेलकुदकर्मी हुन् ।
यस्तै कोषाध्यक्षमा भुपू सैनीक जवइ स्पोर्टिङ क्लब सालघारीका गोपीराम पुनलाइ चयन गरिएको जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष अध्यक्ष दिर्घबहादुर केसी ( कुमार)ले जानकारी दिए । यस अघि बुटवल युनाइटेडका राजु पौडेल कोषाध्यक्षमा थिए । पहिलो पुर्ण बैठकले रुपन्देहीको फुटबललाइ ग्रासरुटबाटै बिकासका कार्यक्रमहरु अगाडी बढाउने निर्णय समेत गरेको उपाध्यक्ष मुकेश कुवरले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको निर्वाचन अघि जिल्ला निर्वाचन भइरहेका छन् । एन्फाले पुस ५ देखि माघ ५ गते सम्मका लागि जिल्ला निर्वाचनको मिति तय गरेको छ । केन्द्रिय निर्वाचत चैत १४ गते हुने एन्फाले यसअघि नै जानकारी दिइसकेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]