8 years ago
January 3, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले यो वर्ष बलोन डी’ओर अवार्ड जितिसकेका छन् । त्यो उनको पाँचौं बलोन डी’ओर उपाधि हो । तर म्याड्रिडबाट प्रकाशित हुने पत्रिका मार्साले गरेको सर्वेक्षणमा भने बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी सन् २०१७ को उत्कृष्ट फुटबल खेलाडी रहेको देखाएको छ ।
सर्वेक्षणको आधार भनेको उपाधि भन्दा पनि व्यक्तिगत प्रदर्शन रहेको छ । त्यस सर्वेक्षणमा मेस्सीलाई रोनाल्डो भन्दा अगाडि देखिएका छन् । रोनाल्डोले २०१७ मा गोल्डेन बल र फिफा वेस्ट अवार्ड समेत जितेका थिए ।
अघिल्लो वर्ष बार्सिलोनाले च्याम्पियन्स लिग जित्न असफल रहेपनि मेस्सीले भने ला लिगामा ३७ र सबै प्रतियोगितामा गरि ५४ गोल गरेका थिए । चौथो पटक गोल्डेन बुटको अवार्ड जितेका मेस्सीलाई रोनाल्डो भन्दा क्षमता र भिजनका हिसाबले पनि उत्कृष्ट मानिएको छ ।
मार्काले जारी गरेको २०१७ का उत्कृष्ट खेलाडीको सुची
-लियोनल मेस्सी (बार्सिलोना)
-क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड)
-इस्को (रियल म्याड्रिड)
-ह्यारी केन (टोटेनह्याम )
-लुका मोड्रिच (रियल म्याड्रिड)
-किलियन बाप्पे (पेरिस सेन्ट जर्मेन)
-जियालुइजी बुफोन (युभेन्ट्स)
-नेयमार (पेरिस सेन्ट जर्मेन)
-सर्जियो रामोस (रियल म्याड्रिड)
-केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी)
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]