8 years ago
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन् । लिग अन्तर्गत बुधबार भएको खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० ले तथा एपीएफले पश्चिमाञ्चललाई १४–० ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० को फराकिलो अन्तरले पराजित गर्दा सपना लामाले ५ तथा शर्मिला थापामगरले ४ गोल गरिन् । दीपा राईले २ तथा कप्तान कृष्णा खत्रीले एक गोल गरिन् ।
एकपक्षीय बनेको खेलमा आर्मीले खेलको चौथो मिनेटमा नै शर्मिला थापामगरको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा कप्तान कृष्णा खत्रीले अग्रता दोब्बर पारिन् । शर्मिलाले २६ र ३५ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । खेलको ८० औं मिनेटमा उनले अर्काे गोल पनि थपिन् । त्यस्तै सपना लामाले ३८, ५३, ७६ र ८५ औं मिनेटमा गोल गरिन् । दीपा राईले २५ र २९ औं मिनेटमा गोल गरिकी थिइन् ।
लिग अन्तर्गत बुधबारै भएको अर्काे खेलमा एपीएफले पश्चिमाञ्चलमाथि १४–० को फराकिलो जित निकाल्यो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन् । रेखा पौडेल, अनिता केसीले समान २ गोल गर्दा रेनुका नगरकोटी र अनिता बस्नेतले समान १ गोल गरिन् ।पश्चिमाञ्चलविरुद्ध ८ गोल गरेसँगै सावित्राले लिगमा आफ्नो गोल सङ्ख्या २० पुर्याएकी छिन् । सावित्राले मध्यपश्चिमविरुद्ध एक्लैले १२ गोल गरेकी थिईन् ।
जितपछि दुवै टोलीको समान दुई खेलबाट ६ अंक भएको छ, तर, गोल अन्तरमा एपीएफ समूहमा शीर्ष स्थानमा छ । यी दुईबीचको लिग चरणको अन्तिम खेलले नै समूह विजेता निर्धारण गर्नेछ । सो खेल शुक्रबार हुँदैछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]