8 years ago
January 3, 2018
लमजुङ (हाम्रो खेलकुद)– बेसीशहर युथ सोसाइटीले २६ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । आयोजक त्रिवेणी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै बेसीशहर च्याम्पियन बनेको हो । बेशीशहरले तीन वर्षको अन्तरमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।
लमजुङ सदरमुकाम बेसीशहरस्थित सहज खेल मैदानमा बुधबार भएको फाइनल खेलमा प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित र थप गरिएको समयमा गोल भएन । त्यसपछि निर्णयका लागि खेल टाइब्रेकरमा गएको थियो । उपाधिसँगै बेसीशहरले ३ लाख रुपैयाँ र दोस्रो टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
सेमिफाइनलमा पराजित दुई टोली सुन्दर बजार र घनपोखराले समान ५० हजार रुपैयाँ प्राप्त गरे । अन्नपूर्ण युवा क्लब नाल्मा प्रतियोगिताको अनुसाशित टोली घोषित हुँदै १० हजार प्राप्त गर्यो । सुन्दरबजारका इन्द्र पुरा, सामाना युवा क्लबका सन्त बहादुर गुरुङ र रड्स फुटबल क्लब चितवनका सावि गुरुङ सर्वाधिक गोलकर्ता रहे । दुवैले समान ५ हजार प्राप्त गरे ।
त्रिवेणी युवा क्लबका गोलकिपर आकाश रानाभाट सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले १५ हजार रुपैयाँ प्राप्त गरे । बेसीशहरका विमल थापा उत्कृष्ट गोलकिपर घोषित भए । विजेता, उपविजेता टोलीका खेलाडीलाई लमजुङ जिल्ला न्यायधीश कोमल प्रसाद आचार्यले पुरस्कृत गरे ।
सेमिफाइनलमा आयोजक त्रिवेणी युवा क्लबले सुन्दरबजारलाई सडनडेथमा ७–६ ले तथा अर्को सेमिफाइनलमा बेशीशहर युथ सोसाइटीले घनपोखरा युथ क्लबलाई सडन डेथमै १२–११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । पुस १२ गतेबाट शुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका २३ टोलीको सहभागिता थियो ।
टिमले सहभागिता रहेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]