default_image

8 years ago

January 3, 2018

लिभरपुल अडानबाट पछि हट्यो , कौटिन्हो यसै विन्डोमा बार्सिलोना जान सक्ने

105 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – बार्सिलोनाको तीन पटक सम्मको प्रयासलाई विफल गर्दै कौटिन्होलाई कुनै हालतमा क्लब छाड्न नदिने अठोटमा रहेको लिभरपुल आफ्नो अडानबाट पछि हटेको र अब यहि जनवरी विन्डोमा उनलाई बेच्न तयार रहेको स्पेनिस फुटबल विशेषज्ञ गुइलेम बलागले जनाएका छन् ।

coutinho

स्काई स्पोर्ट्समा लेखिए अनुसार कौटिन्होको बार्सिलोना मोहको कारण लिभरपुलले बार्सिलोनाको प्रस्ताव सुन्ने भएको छ । समर ट्रान्सफर विन्डोमा लिभरपुलले बार्सिलोनाको तीन प्रस्ताव अविकार गरेको थियो । तीनमद्धे १ सय ११३ मिलियन पाउण्डको पछिल्लो प्रस्ताव अहिलेसम्मको धेरै थियो ।

बलागका अनुसार बार्सिलोना अब १ सय ३३ मिलियन पाउण्डका साथ् आउनेछ । जस्मधे ९७ मिलियन प्रारम्भिक हुनेछ र बाँकी रकममा विभिन्न शर्तहरु लागु रहनेछ । यसलाई ‘एड अन’ भनिने गर्दछ ।

कौटिन्हो आउँदो समर अथवा जनवरीमा बार्सिलोनाको खेलाडी बन्नेमा बलाग बिश्वस्त छन् । अर्को समरकालागि सम्झौता भए पनि दुई क्लबवीच यसै विन्डोमा सम्झौता हुने उनि बताउँछन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.