default_image

8 years ago

January 3, 2018

बार्सिलोनाका टुरान इङ्लिस् क्लब जान सक्ने सम्भावना

104 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका ३० वर्षीय मिडफिल्डर आर्डा टुरान यो जनवरी ट्रान्सफरमा बार्सिलोना छाड्ने संकेत देखिएको छ । २०१५ मा एथेलेटिको म्याड्रिडबाट बार्सिलोनासँग आबद्ध भएयता आफुलाई प्रमाणित गर्न असफल टर्कीस मिडफिल्डर नियमित फुटबलको खोजीमा इङ्लिस् प्रिमियर लिगमा आबद्ध हुने सम्भाना रहेको छ ।

बार्सिलोनाबाट लिगामा ३५ खेल मात्र खेलेका टुरानले यो सिजनमा कुनै पनि खेल खेलेका छैनन् । काटालान पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार बार्सिलोना पनि उनलाई बेच्न प्रयासमा छ । यस्तै टुरानका एजेन्ट अहमद बुलुटपनि उनलाई युरोपमा अन्य क्लब जुटाउने प्रयासमा लागेका छन् ।

टुरानलाई अनुबन्धन गर्न एभर्टन तयार रहेपनि बार्सिलोनाले तोक्ने मुल्य र टुरान आफैको तलबले भने सम्झौतामा बाधक हुनसक्ने आकलन गरिएको छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.