default_image

8 years ago

January 3, 2018

पूर्व प्रशिक्षक थापाले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

102 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिना पछि हुने एन्फाको निर्वाचनका लागि थापाले उम्मेदवारी घोषणा गरेका हुन् । आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् ।

एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पूर्व प्रशिक्षक कृष्ण थापा ।

अहिल एन्फाको जिल्ला संघहरुको निर्वाचन चलिरहेको छ । एन्फाले पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन सक्न जिल्ला संघहरुलाई निर्देशन दिएको थियो । १७ सदस्यीय कार्यसमितिका लागि चैत १४ गते एन्फाको निर्वाचन हुँदैछ । गृह नगर पोखरामा पत्रकार सम्मेलन गर्दै थापाले  फुटबलमा देखिएको विकृतिको अन्त्य तथा फुटबलको विकास र विस्तारका लागि आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

फुटबलको तल्लाबाट माथिल्लो स्तरसम्म विभिन्न भूमिका निर्वाह गरिसकेको छु । अब सरकारवी सेवाबाट पनि अवकास भइसके । अब पदाधिकारीका रुपमा फुटबल विकासमा लाग्ने अढोटका साथ उम्मेदवारीको घोषणा गरेको हु’ नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेयताको पहिलो पुस्ताका खेलाडी रहेको थापाले भने, ‘मेरो पक्षमा पूर्व अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षक र केहि क्लबछन् ।

उनले आफ्नो पक्षमा राष्ट्रिय टोलीका पूर्व कप्तान बालगोपाल महर्जन, हरि खड्का र राकेश श्रेष्ठको साथ रहेको दाबी गरे । एन्फाको प्राविधिक निर्देशकको समेत अनुभव बटुलिसकेका थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वरिष्ठ फुटबल प्रशिक्षकबाट दुई वर्षअघि अवकास पाएका थिए । पत्रकार सम्मेलनमा थापाले फिफाबाट प्रतिबन्धमा रहेका एन्फाका पूर्व अध्यक्ष गणेश थापा अहिले पनि पर्दा पछाडिबाट आसन्न निर्वाचनका लागि सक्रिय रहेको आरोप लगाएका छन् ।

‘नेपाली फुटबलको विकास हुन नसक्नु म्याच फिक्सिङ, बढी उमेरका खेलाडी राखिनु र खेलकुदको विकासको लागि पुर्वाधार तथा प्रशिक्षणमा ध्यान नदिनु मुख्य कारण हुन ,’ सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका थापाले थपे, ‘फुटबल विकासका लागि ७ प्रदेशमा फुटवल एकेडेमी आवश्यक छ ।’

एन्फामा दुरुपयोग हुनले गरेको उल्लेख गर्दै थापाले भने, एन्फाका उपाध्यक्ष मणि कुंवरले एन्फाको ८० लाख रुपैयाँको गाडी चढि रहेका छन् ।’ एन्फाका पूर्व अध्यक्ष थापाले फिफाबाट प्रतिबन्धमा परेपछि एन्फाको गाडी फिर्ता गरेका थिए । त्यहि फिर्ता भएको गाडी उपाध्यक्ष कुवरले चड्दै आएका छन् ।’

निर्वाचनको तयारीका सिलसिलामा अब जिल्ला जाने उल्लेख गर्दै ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी र एपिएफको पूर्व प्रशिक्षक समेत रहेका गरिसकेका थापाले भने, निर्वाचनका लागि अनावश्यक खर्च गर्दैन । तर १० लाख रुपैयाँ सम्म खर्च हुन सक्छ । ४५ जिल्लाबाट ११, ए,बी,सीबाट २८ तथा खेलाडी, प्रशिक्षक, रेफ्री र महिलासमितका ११ गरि कुल ७७ जनासँग एन्फा निर्वाचनका लागि मतअधिकार रहनेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.