8 years ago
January 4, 2018
बार्सिलोना(एजेन्सी)– चोटबाट पूर्ण ठिक भएपछि बार्सिलोनाका स्टार उसमाने डेम्बेले अबको खेलमा मैदानमा उत्रने सम्भावना छ । बार्सिलोनाले कोपा डेल रेमा सेल्टा भिगोको सामना गर्ने अनुमान गरिएको छ ।
बार्सिलोनाले यो सिजनको क्लबको कीर्तिमानी रकममा १ सय ५ मिलियन युरोमा बोरुसिया डर्टमन्डबाट किनेको थियो । युवा स्टारलाई नेयमारको विकल्पको रुपमा भित्राइएको थियो । नेयमार यहि सिजनको सुरुआतमा पेरिस सेन्ट जर्मेन गएका थिए ।
डेम्बेले १ सय ५ मिलियन युरोमा अनुबन्धित भएपछि टोलीले महत्वपूर्ण उपाधि जित्न सकेको खण्डमा भने उनले १ सय ४७ मिलियन युरो सम्म पाउन सक्नेछन् । उनी बार्सिलोनाको लयमा देखिन थालेका थिए ।
तर गेटाफेसँगको खेलमा घाइते हुनुअघि उनले तीन खेल मात्र खेल्न पाए । सेप्टेम्बरमा २० वर्ष पुगेका डेम्बेले शल्यक्रिया र त्यसपछि फिट भएर फर्कने तयारीमा रहेका छन् । उनको उपचार फिनल्यान्डमा भएको थियो । मैदानमा उनले डिसेम्बरबाट प्रशिक्षण थालेका थिए ।
उनको चोट पूर्ण रुपमा ठिक भएको उल्लेख गर्दै रोटर्सले उनी सेल्टा भिगोविरुद्ध खेल्न सक्ने जनाएको छ । बार्सिलोनाले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । वर्षको अन्तिम खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–० ले हराएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]