8 years ago
January 4, 2018
म्याड्रिड (एजेन्सी) – चेल्सीबाट एथ्लेटिको म्याड्रिडमा पुन: फर्किएका स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले पहिलो खेलमा गोल गरेका छन् । चेल्सीले समर विन्डोमा उनलाई बेचे पनि जनवरीको ट्रान्सफर बजार नखुल्दा सम्म उनले स्पेनिस क्लबसँग खेल्न नपाउने थिए ।
एथेलेटिकोबाट पहिलो खेलमा मैदान प्रवेश गरेको ५ मिनेटमा उनले गोल गरेका हुन् । कोपा डेल रेमा लेइडा एस्पोर्ट्युविरुद्दको खेलमा बेञ्चबाट सुरुआत गरेका कोस्टा ६५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले ६९ औं मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई ३-० को अग्रता दिलाएका थिए । स्पेनको तेस्रो डिभिजनको क्लबसँग उक्त खेल एथ्लेटिकोले ४-० ले जित्यो । यो अन्तिम १६ को पहिलो लेगको खेल थियो ।
एथ्लेटिकोका लागि डिएगो गोडिनले ३३ औं मिनेटमा अग्रता दिलाएका थिए भने ३७ औं मिनेटमा लिभरपुल तथा चेल्सीका पूर्व स्ट्राइकर फर्नान्डो टोरेसले दोस्रो गोल दिलाएका थिए । कोस्टाको गोल पछि इन्जुरी समयमा एन्टोनियो ग्रिजमानले चौथो गोल गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]