default_image

8 years ago

January 4, 2018

रोमाञ्चक खेलमा आर्सनल र चेल्सी रोकिए

139 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी र आर्सनल २-२ को बराबरीमा रोकिएका छन् । खेलको इन्जुरी समयमा आर्सनलले गोल गर्दै १ अंक सुनिश्चित गरेको थियो ।

पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा दुवै टोलीबाट दुई-दुई गोल भयो । आर्सनलका ज्याक विल्सेरले खेलको ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर सो अग्रता धेरै बेर टिक्न पाएन । खेलको ६७ औं मिनेटमा एडेन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी पारेका थिए ।

त्यस्तै खेलको ८४ औं मिनेटमा मार्कोस अलोन्सोले चेल्सीको लागि गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर हेक्टर बेलेरिनले इन्जुरी समयको दोस्रो मिनेटमा गोल फर्काउँदै टोलीलाई महत्त्वपूर्ण १ अंक दिलाए ।

यस बराबरीसँगै यस साता दोस्रोमा पुगेको चेल्सी फेरि तेस्रोमा झरेको छ । अर्को तर्फ आर्सनल पनि पाँचौं स्थानबाट छैटौं स्थानमा खसेको छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.