8 years ago
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्ड रोहित चन्द पुनःले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका छन् । एक वर्ष (सन् २०१८) का लागि रोहित र क्लबबीच आज मात्र सम्झौता भएको उनका दाजु रोविनले जानकारी दिएका छन् । सौम्झौताका लागि रोहित यहि साता इन्डोनेसिया पुगेका थिए । चोटमुक्त भएर लामो समयपछि गत वर्ष मैदान फर्केको केहि समयमै रोहिच इन्डोनेसियाको पहिलो श्रेणीको क्लब पर्सिजा पुगेका थिए ।
गत सिजन उनले उच्च प्रदर्शन गरेकी कारण यसपटक पनि निरन्तरता दिएको बताइएको छ । यसअघि दुई सिजन रोहितले सोहि क्लबमा बिताइसकका छन् । अघिल्लो वर्ष जस्तै रोहितको सम्झौता रकम अहिले पनि गोप्य राखिएको छ । सन् २०१६ को सुरुवातमा मलेसियाको टि टिम एफसीमा हुँदा घाइते भएपछि रोहित झन्डै एक वर्ष मैदान बाहिर रहेका थिए ।
गत वर्ष माघमा पोखरामा भएको आहा रारा गोल्ड कपमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबाट पुनरागमन गरेका थिए । त्यसको केहि समयपछि नै उनी जाकार्ता पुगेका थिए । अर्को तिर लगत्तै उनले राष्ट्रिय फुटबल टोलीमा पनि पुनरागमन गरेका थिए ।
गत सिजन इन्डोनेसिया लिगको चौथो स्थानमा रहेको पर्सिजाले यो सिजनको एएफसी कपको समूह चरणमा सोझै प्रवेश पाएको छ । त्यहाँको लिग विजेता भयंकाराले एएफसीको क्लब लाइसेन्स प्राप्त नगरेपछि पर्सिजाका लागि अवसर मिलेको हो ।
जाकार्ताबाट खेल्दा गत सिजन रोहितको प्रदर्शन स्तरीय रहेको थियो । उनी त्यहाँको लिगको पटक पटक साताको उत्कृष्ट खेलाडीको सुचिमा समेत परेका थिए । पछिल्लो पटक लिगमा टोलीको एक खेल बाँकी रहँदै नेपाली टोलीको खेल परेका कारण रोहित स्वदेश फर्केका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]