8 years ago
January 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियालाई ३-० को अन्तरले हराएको छ । अर्को तर्फ बार्सिलोना भने सेल्टा भिगोसँग पहिलो लेगमा १-१ को बराबरीमा रोकियो ।
रियल म्याड्रिडले ३५ औं मिनेटमा ग्यारेथ बेलको पेनाल्टीमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको अन्तिम समयतिर रियलले थप दुई गोल गर्न सफल भयो ।
८९ औं मिनेटमा इस्कोले पेनाल्टीमार्फत गोल गरे भने ९० औं मिनेटमा भ्रमणकारी टोलीका लागि बोर्या मायोरलले गोल गर्दै जित सुनिश्चित गरे ।
अर्को तर्फ सेल्टा भिगोको घरेलु मैदानमा बार्सिलोना १-१ को बराबरीमा रोकिन पुग्यो । बार्साका लागि जोसे अर्नाइजले गोल गर्दै टोलीलाई खेलको १५ औं मिनेटमा अग्रता दिलाए । तर सेल्टा भिगोका पियोने सिस्टोले ३१ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरी पारे ।
बार्सिलोनाले स्टार खेलाडि लियोनल मेस्सी र लुइस स्वारेजलाई विश्राम दिएको थियो । रियलले आफ्नो दोस्रो लेग जनवरी ११ तथा बार्सिलोनाले आफ्नो दोस्रो लेग जनवरी १२ मा आ-आफ्नै घरेलु मैदानमा खेल्ने छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]