default_image

8 years ago

January 6, 2018

कौटिन्हो १ सय ६० मिलियन पाउन्डमा बार्सिलोना जाँदै

110 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडि फिलिप कौटिन्होलाई बार्सिलोनाले १ सय ६० मिलियन पाउन्डमा भित्राउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर भोलिसम्म आधिकारिक रुपमै पक्का हुने छ ।

Liverpool Training Session
कौटिन्हो शनिबार राति नै सम्झौता पक्का गर्न बार्सिलोना जाँदै छन् । कौटिन्होले यस अघि एभर्टनसँगको एफए कप खेलबाट आफ्नो नाम फिर्ता लिँदै बार्सिलोना जाने पक्का सङ्केत दिएका थिए ।

बार्सिलोनाका नेयमार पेरिस सेन्ट जर्मन (पिएसजी) गएयता बार्सिलोनाले उनको स्थानमा कौटिन्हो ल्याउन खोजे पनि सम्झौता पक्का हुन सकेको थिएन । बार्सिलोनाले भित्राएको युवा खेलाडि उस्माने डेम्बेले भने चोटका कारण अधिकांश सिजन बाहिर नै रहे ।

लिभरपुलका मालिकहरुले कौटिन्होलाई बार्सिलोनामा बेच्न खोजिरहेका थिएनन् । तर हालै साउथह्याम्पटनबाट डिफेन्डर भर्जिल भ्यान डाइकलाई कीर्तिमानी ७५ मिलियन रकममा भित्राए पछि लिभरपुलका मालिकहरुले पनि कौटिन्होलाई उनको इच्छा अनुसार बार्सिलोना जान दिएको बताइएको छ ।

कुनै पनि ब्रिटिस क्लब संलग्न भएको यो सबैभन्दा ठूलो सम्झौता हो । यस सिजन लिभरपुलका लागि सबै प्रतियोगितामा १२ गोल गरिसकेका छन् । बार्सिलोना हाल स्पेनिस ला लिगाको पहिलो स्थानमा रहेको छ भने लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा रहेको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.