8 years ago
January 7, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा म्यानचेस्टर सिटीले बर्नलीलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अगुएरोले २ गोल गरे ।
खेल सिटीको पकडमा रहे पनि खेलको २५ औं मिनेटमा बर्नलीका एस्लि बार्न्सले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए । पहिलो हाफ बर्नलीको पक्षमा १-० रहेको अवस्थामा दोस्रो हाफमा सिटीले खेल पुरै उल्टायो ।
सिटीका लागि खेलको ५६ र ५८ औं मिनेटमा स्ट्राइकर सर्जियो अगुएरोले गोल गरे । त्यस्तै ७१ औं मिनेटमा लेरोय साने र ८२ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
त्यस्तै अर्को बलियो प्रिमियर लिग टोली चेल्सी भने नर्विचसँग गोलरहित बराबरीमा रोकिन पुग्यो । चौथो चरणमा छनोट हुन चेल्सी र नर्विचले रिप्ले खेल्ने छन् ।
एफए कपका महत्त्वपूर्ण खेलहरुको नतिजा:
फ्लिटवुड ०-० लेस्टर सिटी
मिडल्सब्रो २-० सन्डरल्यान्ड
वाटफोर्ड ३-०ब्रिस्टोल
कोभेन्ट्रि १-२ स्टोक
बोल्टन १-२ हडर्सफिल्ड
न्युकासल युनाइटेड ३-१ लुटन
वुल्भरह्याम्प्टन ०-० स्वान्सि
बोर्नमथ २-२ विगन
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]