default_image

8 years ago

January 7, 2018

गोल्ड कपको पुरस्कार राशीमा प्रतिस्पर्धा – इटहरी गोल्ड कपमा १२ लाख

115 views

0 Bookmark

दिपक बोहोरा
इटहरी – मोफसलमा सर्वाधिक पुरस्का राशीको गोल्ड कप आयोजनामा प्रतिस्पर्धा नै चलेको छ । विभिन्न शहरमा एकपछि अर्को प्रतियोगिता आयोजना भइरहेका गोल्ड कपमा पछिल्लो पटक मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रुपमा रहेको छ ।

मोफसलका अधिकांश प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने सामान्य जस्तै भइसकेका छन् । त्यस्तोमा मेची नेत्रालय काकरभिट्टा गोल्ड कपका लागि विजेताले ८ लाख रुपैयाँ घोषणा गरियो । तर, अहिले धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपले सर्वाधिक पुरस्कार राशी भन्दै ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार घोषणा गरेको छ । पछिल्लो पटक यो नै सर्वाधिक पुरस्कार राशी थियो ।

अर्को हप्ता इटहरीमा सुरु हुने इटारी गोल्ड कपमा सर्वाधिक पुरस्कार राशीका रुपमा १२ लाख रुपैयाँ घोषणा गरिएको छ । माघ ६ गते रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबबीचको प्रतिस्पर्धासँगै इटहरी गोल्ड कप सुरु हुनेछ । प्रतियोगिता इटहरी रंगशालामा माघ १३ गते सम्म हुनेछ ।
राष्ट्रिय जागृती क्लब इटहरीको आयोजनामा हुने प्रतियोगितालाई सुनसरी जिल्ला फुटबल संघले सहयोग गरेको छ भने संयोजकन इटहरी उप महानगरपालिका र मदन भण्डारी स्मृति प्रतिष्ठान गरेको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

थ्री स्टार र एपिएफ रहेको समूहमा भुटानको ड्रुक यनाइटेड एफसी र त्रिभुवन आर्मी क्लब रहेका छन् । अर्को समूहमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र रमपम झापा ११, आयोजक टोली र भारत कोलकाताको गरिफा स्पोर्टिङ क्लब छन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.