8 years ago
January 7, 2018
पेरिस (एजेन्सी)– युरोपियन फुटबलमा यो सिजन धेरै अविश्वसनिय प्रदर्शन भएका छन् । कतिपयले फुटबलका यी तथ्याङ्कलाई अनुमान समेत गरेका थिएनन् । सिजनको मध्यतिर आइपुग्दा केहि क्लबमा उत्कृष्ट साझेदारी देखिएको छ । खास गरि अग्रपंक्तिमा तीन जना खेलाडि रहेको टोली झनै सफल देखिएका छन् । यहाँ युरोपियन लिगका शीर्ष ५ साझेदारी यस्तो छ :
१. काभानी, नेयमार, बाप्पे (पिएसजी)– ३८ गोल

एमसिएन सम्मिलित पिएजसी अहिले युरोपको उत्कृष्ट साझेदारी भएको टोलीका रुपमा परिचित बन्दै आएको छ । लिग वानमा यी ३ जनाले मिलेर ३८ गोल गरिसकेका छन् । त्यसमध्ये इडिन्सन काभानीले मात्र १९ गोल गरेका छन् । नेयमार र बाप्पेले काभानीलाई गोल गर्न निकै सघाइरहेका छन् । नेयमार बार्सिलोनाबाट र गत सिजन मोनाकोमा उच्च प्रदर्शन गरेका केलियन बाप्पे लोनमा गएपछि पिएसजी निकै बलियो रुपमा प्रस्तुत भइरहेको छ ।
२. स्ट्रेलिङ, अगुएरो, गाब्रियल जेसस (म्यानचेस्टर सिटी)–३५ गोल

म्यानचेस्टर सिटीले प्रिमियर लिगमा यो सिजन २२ खेलमा ६४ गोल गरिसकेको छ । त्यसमध्ये स्ट्रेलिङ, अगुएरो, गाब्रियल जेससले ३५ गोलको साझेदारी गरेका छन् । जसका कारण पेप ग्वार्डिओलाको सिटीले प्रिमियर लिगमा १५ अंकको अग्रता लिएको छ । ३ खेलाडी मध्ये २३ वर्षे रहिम स्ट्रेलिङले १४ गोल गरिसकेका छन् भने अगुएरोको १३ र जेससको नाममा ८ गोल रहेको छ ।
३.सालाह, फिर्मिनो, कौटिन्हो (लिभरपुल)–३३ गोल
योर्गन क्लोपको टोलीले पनि प्रिमियर लिगमा ५० गोल गरिसकेको छ । त्यसमध्ये ३३ गोल सालाह, फिर्मिनो, कौटिन्होले गरेका छन् । तर, अब यो साझेदारी टुट्ने भएपछि त्यसको असर लिभरपुललाई कति पर्नेछ त्यो समयले बताउने छ । कौटिन्हो लिभरपुल छाडेर बार्सिलोना आबद्ध हुने क्रममा छन् । चोटका कारण ढिला गरि सिजनको सुरुआत गरेका कौटिन्होले ७ गोल गरेका थिए भने फिर्मिनोले ९ गोल गरेका थिए । टोलीका नयाँ खेलाडी सालाहले भने १७ गोल गरेका छन् ।
४. मेस्सी, स्वारेज, पौलिन्हो (बार्सिलोना)–३१ गोल

लियोनल मेसी यो सिजनको उत्कृष्ट खेलाडी मध्येका एक हुन् । सुरुआती ४ खेलमा दुई ह्याट्रिक गर्न सफल मेस्सी १५ गोलसहित ला लिगामा अहिले शीर्षस्थानमा छन् । त्यस्तै लुइस स्वारेजले पनि १० गोल गरिसकेका छन् । टोलीका नयाँ खेलाडी पौलिन्होले मेस्सी र स्वारेजसँगको साझेदारीमा ६ गोल गरिसकेका छन् ।
५. केन, सन, डेले अल्ली (टोटेनह्याम)- ३० गोल

यो सिजन ह्यारी केन उच्च फर्ममा रहेका छन् । इङ्ल्यान्ड टोलीका फरवार्ड केनले प्रिमियर लिगमा यो सिजन २० खेलमा १८ गोल गरिसकेका छन् । जसमध्ये पछिल्ला ४ खेलमा उनले २ ह्याट्रिक गरेका थिए । सन् २०१७ मा क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीलाई पछि पछि पार्दै केनले सर्वाधिक गोल गरेका थिए । सनले पनि यो सिजन ७ गोल गरिसकेका छन् । राम्रो साझेदरी गरिरहेका अल्लीले पनि ५ गोल गरेका छन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]