8 years ago
January 7, 2018
लिभरपुल (एजेन्सी) – प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टार विङर रियाद मारेज लिभरपुल जाने सम्भावना बढेको छ । लिभरपुलका फिलिप कौटिन्हो बार्सिलोना जाने पक्का भएपछि क्लबले मारेजलाई विकल्पको रुपमा हेरेको छ ।
अल्जेरियाका मारेजले दुई सिजन अघि लेस्टरलाई प्रिमियर लिग उपाधि जिताउन ठूलो भुमिका खेलेका थिए । यस सिजन पनि मारेज राम्रो लयमा छन् । लेस्टरबाट २४ खेल खेल्दै उनले सबै प्रतियोगितामा ८ गोल गरेका छन् ।
सिजनको सुरुवातमा मारेजलाई आर्सनलले पनि ताकेको थियो । इङ्ग्लिस पत्रिका एक्स्प्रेसका अनुसार मारेजले आजै लिभरपुलसँग मेडिकल गर्न सक्ने बताएको छ ।
विभिन्न श्रोतका अनुसार लिभरपुलले मारेजलाई ४९ मिलियन पाउन्डमा खरिद गर्न सक्ने छ । लिभरपुलले यसअघि डिफेन्डर भर्जिल भान डाइकलाई साउथह्याम्पटनबाट ७५ मिलियन पाउन्डमा किनेको थियो ।
लिभरपुल हाल प्रिमियर अंकतालिकाको चौथो स्थानमा रहेको छ भने लेस्टर आठौं स्थानमा रहेको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]