8 years ago
January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब १६ औं महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको सुपर लिगको पहिलो खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ४–१ को सहज जित निकाल्यो । एपीएफले सुदूरपश्चिममाथि ९–० को फराकलो अन्तरले हरायो ।
राखेप च्याम्पियनसिप अन्तर्गत रहेको महिला लिगअन्तर्गत सुपर लिगको पहिलो खेलमा आर्मीलाई जित दिलाउन कृष्णा खत्री र अन्जली वाइवाले समान २ गोल गरे । पुलिसकी कप्तान घिम कुमारी गुरुङले एक गोल फर्काइन् । खेलको २० औं मिनेटमा अन्जलीको गोलबाट अग्रता लिएको थियो । अन्जलीको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । २९ औं मिनेटमा पुलिसकी घिमले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफ आर्मीको एकपक्षिय रह्यो । ५७ औं मिनेटमा अन्जलीकै गोलबाट आर्मीले पुनः अग्रता लियो । कृष्णाले ७० औं र ७५ औं मिनेटमा गोल गर्दै आर्मीको जित निश्चित पारिन् । आर्मीका प्रशिक्षक आदर्श मल्लले टिमवर्कले खेल्दा सहज जित हात पार्न सकिएको बताए । पुलिसका प्रशिक्षक सन्जव जोशीले योजना अनुरुप खेल्न नसक्दा हार बेहोर्नु परेको बताए ।
अर्को खेलमा एपिएफले सहज निकाल्यो । एपीएफको फराकिलो जितमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक पूरा गर्दा अनिता बस्नेतले २ तथा रेखा पौडेलले १ गोल गरिन् ८ औं मिनेटमा पहिलो गोल गरेका सावित्राले ४९ र ७३ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यस्तै ७६, ८४ र ९० औं मिनेटमा गोल गर्दै सावित्राले दोहोरो ह्याट्रिक पूरा गरिन् ।
अनिताले ५६ औं र ६० मिनेटमा गोल गरिनन् । त्यस्तै रेखाले इन्जुरी समयमा गोल गरेकी थिइन् । लिग अन्र्तगत सोमबार कुनै खेल हुनेछैन । मंगलबार नेपाल पुलस क्लब र सुदूरपश्चिम तथा दोस्रो खेलमा विभागीय नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
लिगको विजेताले २ लाख रुपैया प्राप्त गर्नेछ । उपविजेताले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैया प्राप्त गर्नेछ । लिगको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्ड र प्रशिक्षकले जनही २५–२५ हजार प्राप्त गर्नेछन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]