8 years ago
January 7, 2018
तनहुँ(हाम्रो खेलकुद)– तनहँ जिल्ला फुटबल संघ अध्यक्ष रत्नकुमार श्रेष्ठसहित १३ सदस्यीय कार्यसमिति आज निर्विरोध चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य समेत रहेको श्रेष्ठ लगातार पाँचौं पटक अध्यक्षमा निर्विरोध चयन भएका थिए ।

एन्फाका सहायक महासचिव गणेश भट्टराई केन्द्रिय प्रतिनिधि रहेको साधारण सभाले चार वर्षे कार्यसमितिको उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, बसन थापा, रविन पौडेल चयन भए । त्यस्तै सदस्य नेत्र गुरुङ, चन्द्रबहादुर आले, सत्यभक्त पालिखे, दिनेश केसी, हरि तिमिल्सिना, जीवन चन्द ठकुरी, सुमन श्रेष्ठ, किशोर खनाल र महिला सदस्य सुनिता विक निर्वाचित भए । कार्यसमितिको पहिलो बैठकले ज्योति श्रेष्ठलाई महासचिव र विनोद गुरुङलाई कोषाध्यक्ष मनोनित गर्यो ।
त्यस्तै नयाँ कार्यसमितिले वसन्तबहादुर आले र सुरेन्द्रकुमार श्रेष्ठलाई मानार्थ उपाध्यक्ष, टिकाराम पनेरुलाई उप महासचिव, जीवन गुरुङलाई सह सचिव तथा सुरेश घिमिरेलाई सह कोषाध्यक्ष मनोनित गरेको छ । जिल्लामा सबैलाई समेट्ने उद्देश्यका साथ केन्द्रमा जस्तै फुटबलमा सक्रिय व्यक्तिलाई कार्यसमितिको विभिन्न पदमा मनार्थ हैसियतमा मनोनित गरको अध्यक्ष श्रेष्ठले बताए ।
साधारण सभाका मुख्य अतिथि व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने स्थानिय खेलकुद विकासका लागि तनहँुका स्थानिय निकायले सहकार्य गर्नेमा जोड दिए । उनले स्थानिय निकायले खेलकुद विकासका लागि अक्षयकोष स्थापनाको पहल गर्ने बताए । श्रेष्ठका अनुसार मेयर न्यौपानले तनहुँका ४ नगरपालिका र ६ गाँउपालिकाबाट ५ लाख रुपैयाँको दरमा संकलन गरि फुटबल लगायत अन्य खेलकुदका लागि लगानी गरिने जानकारी दिए ।
तनहुँ फुटबलका अध्यक्ष श्रेष्ठले जिल्लाको फुटबल विकासमा निरन्तर दुई दशकदेखि सक्रिय रहेको र फेरि एकपटक सबैले विश्वास देखाएकोले आफुले विकासका लागि सक्दो पहल गर्ने बताए । उनले भने,’ केन्द्रमा पनि रहेकाले तनहँु जिल्लाको फुटबल विकासमा म लागि पर्नेछु । ‘ एन्फाको चैतमा हुने केन्द्रिय निर्वाचनका लागि अहिले जिल्ला निर्वाचन भइरहेको छ । जिल्ला निर्वाचनका लागि एन्फाले पुस ५ देखि माघ ५ गते सम्म समय तोकेको छ । एन्फा केन्द्रिय समितिको निर्वाचन चैत १४ गते हुनेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]