8 years ago
January 20, 2018
इटहरी (हाम्रो खेलकुद) – जारी मदन भण्डारी इटहरी गोल्डकपमा थ्री स्टारले विभागीय टोली एपिएफलाई २-१ को अन्तरले हराएको छ । यस जितसँगै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
थ्री स्टारका लागि अजयी मार्टिनले खेलको ३८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ४८ औं मिनेटमा फेरि मार्टिनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । थ्री स्टारका पिटर सेगुनले खेलको ६२ औं मिनेटमा आत्मघाती गोल गरेपछि अन्तर कम भएको थियो ।
खेलका ‘म्यान अफ द म्याच’ थ्री स्टारका अजयी मार्टिन घोषित भए । उनले १० हजार नगद पुरस्कार पनि हात पारे । थ्री स्टारले आर्मी र ड्रुक युनाइटेडको विजेतासँग सेमिफाइनल खेल खेल्ने छ । त्यस्तै भोलि प्रतियोगितामा मनाङ मर्स्याङ्दी र झापा-११ भिड्दै छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]