8 years ago
January 21, 2018
इटहरी (हाम्रो खेलकुद) – मदन भण्डारी इटहरी गोल्डकपको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ लाई ४-३ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा स्थान बनाएको छ ।
मनाङको जितमा मिडफिल्डर सुजल श्रेष्ठले ह्याट्रिक गरे । खेलको ५ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका सुजलले ११ औं मिनेट र १९ औं मिनेटमा दुइ गोल पेनाल्टी मार्फत गर्दै ह्याट्रिक पुरा गरे ।
खेलको सुरुआतमा ३ गोलले पछि परेको झापाले कर्ण लिम्बुको २८ औं मिनेटको गोलमा अन्तर घटायो । दोस्रो हाफमा ६८ औं मिनेटमा बिमल बस्नेतको आत्मघाती गोलमा ३-२ बनाउँदै खेलमा फर्किएको झापाले ७७ मिनेटमा अर्को गोल खायो । बिशाल राईले गोल गर्दै मनाङ्लाई चौथो गोल दिलाए । कर्णले ७९ मिनेटमा अर्को गोल गरेपनि त्यो झापालाई पर्याप्त रहेन ।
विजयी टोली मनाङका सुजल म्यान अफ द म्याच भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगित अन्तर्गत सोमबार आर्मीले ड्रुक युनाइटेड, भुटानको सामना गर्दैछ ।
प्रतियोगिताको खेल तालिका यहा हेर्नुहोस ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]