8 years ago
January 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) -नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द गत महिना पुनः इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका हुन् । उनी पर्सिजाका समर्थक माझ इकोनिक खेलाडीको रुपमा स्थापित भएका छन् ।
तलको एक भिडियोमा दर्शकदिर्घाबाट समर्थकको आवाजलाई सुनेर रोहित दर्शक नजिक जाँदै अटोग्राफ दिन्छन । उनी पर्सिजा जाकार्तामा ‘फ्यान फेब्रेट’ खेलाडी हुन् । रोहित सम्मिलित पर्सिजा जाकार्ताले यसै साता मलेसियाको बुकित जलिल रंगशालामा सम्पन्न सुपर फिक्स कपको उपाधि जितेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]