default_image

8 years ago

January 28, 2018

रेफ्रीको निर्णयबारे यस्तो छ स्पष्टीकरण (भिडियो)

192 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गत शनिबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबका दुई खेलाडीहरुले रातो कार्डको सामना गर्नु पर्यो । खेलको अन्तिम समयमा रेफ्री सुदीस पाण्डेले खेललाई नियन्त्रणमा राख्न एक पछि अर्को कार्ड देखाउनु पर्यो ।

उक्त खेलमा १८ औं मिनेटमा चोटका कारण मैदान छाड्नु परेको फिफा रेफ्री श्रवण लामाको स्थानमा जिम्मेवारी सम्हालेका अर्का फिफा रेफ्री पाण्डेले ८ पहेलो कार्ड र २ रातो कार्ड देखाए ।

खेल पछिको पत्रकार सम्मेलनमा बंगलादेशी क्लबका प्रशिक्षक तथा अफिसियलहरुले रेफ्रीले पक्षपाती हुँदै निर्णय दिएको आरोप लगाए (भिडियो हेर्न यँहा थिच्नुहोस) । त्यही खेलको बारेमा रेफ्री एसेसर सुरेन्द्र शिक्रकारले स्पष्टीकरण दिएका छन् । उनले रेफ्री सुदीस नियममा बसेर खेलाडीहरुलाई कार्ड दिएको भनेका छन् ।

भिडियोमा हेर्नुहोस :

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.